Kathmandu Press

बेथानचोक गाउँपालिका १ मा कृषकहरुलाई तीन दिने तालिम

बेथानचोक गाउँपालिका १ मा कृषकहरुलाई तीन दिने तालिम

काभ्रे, मंसिर २९ : जिल्लाको बेथानचोक गाउँपालिकाको वडा नम्बर १ च्याम्राङबेशिमा कृषकहरुको लागि दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ।
 
राष्ट्रिय दुग्ध बिकास बोर्ड हरिहर भवन ललितपुरको आयोजना, मदानी डेरि उद्योग बेथानचोक १ को समन्वय र बेथानचोक गाउँपालिकाको सहयोगमा दुधालु गाई भैसीको आहार ब्यवस्थापन तालिम कार्यक्रम बिहीवार समापन भएको हो। समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

अध्यक्ष अधिकारीले कृषकहरुको लागि आयोजना गरिने तालिम कार्यक्रमहरुले कृषक तथा जनतामा उत्साह थपेको र ब्यवसायिक पशुपालनमा लाग्न प्रेरणा मिल्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख प्रशिक्षक डाक्टर बालक चौधरी, वडा अध्यक्ष मधुसूदन तिमल्सिना लगायतले आफ्नो भनाइ राखेका थिए।

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, मंसिर २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्