भक्तपुरकाे लाेकन्थलीबाट नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी

भक्तपुर, मंसिर २९ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो । घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ।
प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












