Kathmandu Press

भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडाैं, मंसिर २९ : भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेकाे पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेकाे कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गरेकाे जनाइएको छ ।

Hardik ivf

बलिउड नायक ओवराय परिवारसहित घुम्न बुधबार नेपाल आएका थिए। धेरै भारतीय कलाकारले नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा गर्ने गरेकाे पनि कोषले जनाएको छ । यसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि योगदान गरिरहेको छ । पशुपतिनाथलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले आस्थाको केन्द्रका रूपमा मान्ने गरेका छन् । विश्वका जुनसुकै कुनामा रहेका हिन्दू पनि जीवनकालमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् ।

पशुपतिमा धनुर्मास पूजाको तयारी

यसैबीच कोषले पशुपतिनाथमा धनुर्मास पूजाको तयारी गरेको छ । पुस ४ गते सोमबार राति पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिने पनि महाशाखा प्रमुख पराजुलीले जानकारी दिए। खिचडीको भोग पनि पशुपतिनाथमा पुस ४ गते राति नै लगाइने छ ।
 
पुस ५ गते बिहान १० बजेसम्म यो पूजा चल्ने छ । धनुर्मास पूजा सकिएपछि भने बिहान १० बजेदेखि नै मन्दिर बन्द गरिने पनि कोषले जनाएको छ । पशुपतिनाथमा प्रत्येक वर्ष पुस महिनामा धनुर्मास पूजा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

प्रकाशित मिति: १९:०४ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्