Kathmandu Press

सरकारले धान खरिद थालेपछि कैलालीका किसान खुसी

‘यस वर्ष सरकारले समर्थन मूल्य तोक्न र खरिद दुवै काम गर्न ढिलो गर्‍यो,' टीकापुर नगरपालिका–७ सत्तिका किसान केवल डंगौरा चौधरीले भने, 'ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेकाले हामी खुसी छौं।'
सरकारले धान खरिद थालेपछि कैलालीका किसान खुसी

काठमाडाैं, मंसिर २९ : सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन्। सरकारले यही मंसिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद सुरु गरेको हो। 

‘यस वर्ष सरकारले समर्थन मूल्य तोक्न र खरिद दुवै काम गर्न ढिलो गर्‍यो,' टीकापुर नगरपालिका–७ सत्तिका किसान केवल डंगौरा चौधरीले भने, 'ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेकाले हामी खुसी छौं।' उनले अब तोकिएकै मूल्यमा धान बिक्री पाइने बताए। 

Hardik ivf

केवल डगौरा चौधरी जस्तै डाँडाबोझीका वीरमोहन थारुले पनि सरकारले धान खरिद गर्न थालेपछि खुसी व्यक्त गरे। ‘सरकारले काँटा लगाएर धान गरिद गर्न लागेकोमा खुसी लागेको छ तर यो काँटा लगाउन अलि ढिला भयो,' उनले भने, ढिलाइ भएका कारण अधिकांश किसानले न्यून मूल्यमा धान बिक्री गरिसकेका थिए।'

सरकारले सत्ती क्षेत्रबाट पहिलो पटक साढे ५२ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ। यहाँ किसानले धान ३० क्विन्टलसम्म सिधै बेच्न पाउने र त्यसभन्दा बढी बिक्रीका लागि सिफारीस ल्याएर बेच्नुपर्ने प्रावधान रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीका जीतबहादुर बोहरा बताउँछन्। 

‘हामीले धान खरिद सुरु गर्‍यौं, पालैपालो किसानको धान खरिद सुरु गरिएको छ,’ उनले भने, '३० क्विन्टलसम्म सिधै खरिद हुन्छ, त्यसभन्दा बढी भए वडाको सिफारिस ल्याउनुपर्छ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले जिल्लाबाट ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। सोहीअनुसार कैलालीको टीकापुर, सत्ती र धनगढीको मोहनपुरबाट धान खरिद सुरु भएको हो।

कैलालीको जोशीपुर र भजनीमा केही दिनभित्र धान खरिद प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ। यहाँ सरकारले अहिले मोटा धानप्रति क्विन्टल रु दुई हजार नौ सय ६७ खरिद गरिरहेको छ।

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्