Kathmandu Press

नाफिज अध्यक्षमा ढकाल निर्वाचित

बिहीबार सम्पन्न १३औं वार्षिकोत्सव तथा छैटौं महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। 
नाफिज अध्यक्षमा ढकाल निर्वाचित

काठमाडाैं, मंसिर २९ : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

बिहीबार सम्पन्न १३औं वार्षिकोत्सव तथा छैटौं महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। 

Hardik ivf

तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ। कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ। निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो। 

ढकाल ‘दि राइजिङ नेपाल’मा कार्यरत छन्। उपाध्यक्षमा ‘नोटबजार डटकम’का परमेश्वर अधिकारी र ‘हाम्रो अर्थ’की मेनुका कार्की निर्वाचित भएकी छन्। 

महासचिवमा ‘अनलाइन खबर’का नवीन ढुङ्गाना, सचिवमा ‘नेपाल खबर’का दीपक भट्ट र कोषाध्यक्षमा ‘सिंहदरबार’की दिलु कार्की निर्विरोध निर्वाचित भएका छन्। 

सदस्यमा ‘रातोपाटी’का निकेश खत्री, ‘अनलाइन खबर’का विजय पराजुली, ‘सेतोपाटी’की सविना कार्की र ‘नेपाल प्रेस’का राजाराम न्यौपाने विजयी भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्