Kathmandu Press

पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं महानगरपालिका–१५ स्वयम्भु ठूलो भर्‍याङस्थित सडकमा बा१प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो।
पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, मंसिर २९ : काठमाडौंको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ। 

काठमाडौं महानगरपालिका–१५ स्वयम्भु ठूलो भर्‍याङस्थित सडकमा बा१प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो। 

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते हुनुभएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

दुर्घटनामा सङ्लग्न पर्यटक बसलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रवक्ता भट्टले बताए।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्