कागेश्वरी मनहरामा भूमि आयोगका कानून तथा मापदण्डबारे जानकारी
काठमाडौं, मंसिर २९ : कागेश्वरी मनहरा नगरपालिकाले राष्ट्रिय भूमि आयोगको कामसँग सम्बन्धित कानून कार्य विधि तथा मापदण्ड बारेमा संक्षिप्त जानकारी गराउने उद्देश्यले नगरपालिकाले कार्यक्रमको आयोजना गरेको छ ।
काँगेश्वरी मनोहरा नगरपालिकाका उप–प्रमुख शान्ता थापाले वास्तविक सुकुम्बासी र हुकुमबासीको छानविन गर्न आवश्यक रहेको बताईन् । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले काँगेश्वरी मनोहरा नगरपालिकाले राष्ट्रिय भूमि आयोगको काम कर्तव्यसँग सम्बन्धित महत्वपूर्ण सहयोगार्थ कार्यक्रम गरेकोमा बिशेष धन्यबाद ज्ञापन गरेका थिए ।
नगरप्रमुखको पहलमा सञ्चालन भएको यस किसिमको कार्यक्रमले सुकुम्बासी जनतामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास रहेको बताए । त्यसै गरि काँगेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले पनि सम्बोधनको सुरुमा नै कार्यक्रममा उपस्थित सबैलाई बिशेष धन्यबाद दिए ।
कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उप प्रमुख शान्ता थापा, नगर प्रशासकीय प्रमुख अधिकृत अजय बर्तौला, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव चौलागाइँ, नापी अधिकृत जनक राज भट्ट, कम्प्यूटर अधिकृत आनन्द गौतम , सम्बन्धित वडाका अध्यक्षहरु सहित सरोकारवालाहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रमको पहिलो चरणमा राष्ट्रिय भूमि आयोगका नापी अधिकृत जनक राज भट्टले भूमि आयोगको काम कतव्र्य एवम् सुकुम्बासीहरुको हकहित र अधिकारको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
दोस्रो चरणमा राष्ट्रिय भूमि आयोगका कम्प्यूटर अधिकृत आनन्द गौतमले डाटा प्रविष्टिकरण, फारमको छनौट दाँचाको बारेमा बताएका थिए । दोस्रो चरणको सेसनमा प्रस्तुत कर्ता र सम्बन्धित सरोकारवालाबीचमा अन्तरसंवाद समेत भएको छ । पहिलो र दोस्रो चरणको सेसन र सवाल जवाफ सकिएपछि उपस्थित प्रमुख अतिथि बिशेष अतिथि र अतिथिहरुले आफ्नो महत्वपूर्ण धारणाहरु राखेका छन् ।