चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिए
नारायणी नदीकिनारमा बुधबार एउटा भाले गैंडा मृत फेला परेको थियाे भने गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आज (बिहीबार) एउटा पोथी गैंडा मृत भेटिएको हो।
चितवन, मंसिर २९ : चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत अवस्थामा फेला परेका छन्।
नारायणी नदीकिनारमा बुधबार एउटा भाले गैंडा मृत फेला परेको थियाे भने गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आज (बिहीबार) एउटा पोथी गैंडा मृत भेटिएको हो।
भाले गैंडा मृत भेटिएको ठाउँ निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्टअन्तर्गत र पोथी गैंडा मृत भेटिएको ठाउँ सोही सेक्टरको लामीचौर पोस्टअन्तर्गत पर्ने जनाइएको छ।
६ महिनाको भाले गैंडाको खाग पनि नपलाएको निकुञ्ज प्रशासनले जनाएको छ। १५ वर्षको पोथी गैंडा भने अरुसँग जुधेर मरेको हुन सक्ने निकुञ्जको अनुमान छ।
चालु आर्थिक वर्षमा मात्र सो निकुञ्ज क्षेत्रमा पाँचवटा गैंडा मृत अवस्थामा भेटिएका छन्।
प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार