सर्लाहीमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा एक जनाको ज्यान गयो
ईश्वरपुर नगरपालिका–९ खोरियाटोलको मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाइकल र बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त २४४० ट्र्याक्टर ठोक्किएका हुन् ।
काठमाडौं, मंसिर २९: सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
ईश्वरपुर नगरपालिका–९ खोरियाटोलको मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाइकल र बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त २४४० ट्र्याक्टर ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षका उदयकुमार साहको ज्यान गएको हो ।
दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












