Kathmandu Press

हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ

हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ

सिरहा, मंसिर २८ : सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो ।

हत्या भएको १२ घण्टाभित्रै लुकीछिपी रहेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीजस्तो देखिने धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नाबय उपरीक्षक सुवास बुढाथोकीले बताए। जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरिएको जनाएको छ ।

Hardik ivf

गाउँ नजिकै रहेको कर्जन्हा नगरपालिका–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मङ्गलबार अपराह्न बाटोमा लुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो धतियारले पेट र घाँटीमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

पक्राउ परेकाहरूविरुद्ध आजै जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको सिरहा प्रहरीले जनाएको छ । सँगै रहेका महिलाले देखेपछि गाउँमा खबर पुर्‍याएका थिए । गाउँमा खबर आउनसाथ प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले पक्राउ परेकामध्ये एक जना युवकसँग महिलासँग नजिकको सम्बन्ध रहेको प्रारम्भिक अनुमानबाट खुलेको छ । लक्ष्मीनियाँकी श्रीमान् दीपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा छन् । घटनाको जानकारी पाएलगत्तै उनी नेपाल फर्कँदै गरेको दीपेन्द्रका बुवा रामदेवले बताए। उनीहरूको १० वर्षका दीपेश, सात वर्षका रुकेश र तीन वर्षका रिपेश गरी तीन छोरा छन् ।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्