Kathmandu Press

नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ : प्रधानसेनापति शर्मा

नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ : प्रधानसेनापति शर्मा

काठमाडाैं, मंसिर २८ : प्रधानसेनापति प्रभुराम शर्माले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गरेका छन।
 
गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन भएका विभिन्न खेल विधामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने त्रिभुवन आर्मी क्लबमा आबद्ध खेलाडी र प्रशिक्षकलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा महारथी शर्माले स्वर्ण पदक प्राप्त १४ खेलाडी र ३२ जना प्रशिक्षकलाई प्रधानसेनापति प्रशंसा निशान पदक प्रदान गरे।
 
प्रतियोगिताका नयाँ राष्ट्रिय कीर्तिमानधारी आठ खेलाडीको पदोन्नतिका साथै २६ औँ विश्व मिलिटरी तेक्वान्दो प्रतियोगिता २०२२ मा पदक प्राप्त तीन जना खेलाडीलाई पुरस्कार प्रदान गरियो ।

Hardik ivf

बलाधिकृत रथी सरोजप्रताप राणाले प्रतियोगिताका रजत पदक तथा बलाध्यक्षरथी सीताराम खड्काले कास्य पदक विजेतालाई पुरस्कार प्रदान गरे।

प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य प्राप्त गर्दै त्रिभुवन आर्मी क्लब राष्ट्रिय च्याम्पियन भएको थियो ।

सो अवसरमा सेनाप्रमुख शर्माले राष्ट्रिय खेलकुदमा पाएको सफलताबाट सेनाले गौरवान्वित महसुस गरेको बताए। उनले भने, 'आर्मी क्लब राष्ट्रिय खेलकुद क्षेत्रको मेरुदण्डका रूपमा रहेको यथार्थलाई पुष्टि गर्न प्रतियोगिताबाट मद्दत पुगेको छ । अन्तर्राष्ट्रिय खेल जगत्मा खेलकुदका माध्यमबाट नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ।'

प्रकाशित मिति: १९:५० बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्