Kathmandu Press

बलिउड अभिनेता विवेक ओवराय काठमाडौंमा

बलिउड अभिनेता विवेक ओवराय काठमाडौंमा

काठमाडाैं, मंसिर २८ : बलिउडका अभिनेता विवेक ओवराय काठमाडौं आइपुगेका छन्। उनी बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेका हुन्।

उनी आफ्ना परिवारसहित भ्रमण गर्न नेपाल आएका हुन्।

उनले सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिनाथलगायतका अन्य ठाउँको भ्रमण गर्ने कार्यक्रम रहेकाे छ।

एक हप्ता लामो नेपाल बसाइमा उनी केही कार्यक्रममा सहभागी हुने पनि बताइएको छ। विवेकलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन्।

उनले आफू नेपाल आउन लागेको एक भिडिओ सन्देशमार्फत् जानकारी दिएका थिए।

‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ। म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ। नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। मलाई २० वर्ष अभिनय करियरमा नेपाली दर्शकले जति माया दिनु भएको छ, त्यसप्रति आभारी छु,’ उनले भनेका थिए।

प्रकाशित मिति: १९:२३ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्