Kathmandu Press

भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई 

भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई 

काठमाडौं मंसिर २८ : भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार सन्तोष रोकाया र सम्झना घिमिरेलाई प्रदान गरिएको छ । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं साधारण सभा तथा छैठौं महासभाको अवसरमा विकासन्युजकर्मी सन्तोष रोकाय र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका हुन् । उनीहरुलाई जनही ५० हजार रुपैयाँको राशीसहित पुरस्कृत गरिएको हो । 

Hardik ivf

विकासन्युज डटकमका सह–सम्पादक रोकाया ‘भरतमोहन अधिकारी’ नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।

उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरुले आवेदन दिएका थिए । सोमध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरुलाई प्रमाणत्रसहित चेक हस्तान्तरण गरेका छन् ।

विकासन्युजकर्मी रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् । रोकायाले पछिल्लो समय सहकारीमा भइरहेको विकृति र सकारात्मक अभ्यासको विषयमा पनि नियमित रुपमा कलम चलाइहरेका छन् ।

नाफिजले भरतमोहन अधिकारी (नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी) नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो ।

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्