Kathmandu Press

आम निर्वाचनमा खसेको कुल मतमध्ये ५.०६ प्रतिशत बदर

आयोगले आज (बुधबार) दिउँसो कार्यालयमा पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा त्यस्ताे जानकारी दिएकाे हाे।
आम निर्वाचनमा खसेको कुल मतमध्ये ५.०६ प्रतिशत बदर

काठमाडाैं, मंसिर २८ : यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा खसेको कुल मतमध्ये ५.०६ प्रतिशत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले आज (बुधबार) दिउँसो कार्यालयमा पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा त्यस्ताे जानकारी दिएकाे हाे।

Hardik ivf

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात १ करोड १० लाख ४७ हजार ३४ मतदान भएको थियो। तीमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ। आगोगका अनुसार ५ लाख ५९ हजार ७६ मत (५.०६ प्रतिशत) बदर भएको थियो।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ अर्थात ६१.८५ प्रतिशत मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भयो। समानुपातिकमा ५.९ प्रतिशत मत बदर भएको थियो।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० अर्थात ६१.३६ प्रतिशत मतदान भएको थियो। जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर र ४.०७ प्रतिशत मत बदर भएको थियो।

प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ अर्थात ६१।३१ प्रतिशत मतदान भएको थियो। जसमध्ये १ करोड ३ लाख ६ हजार ११ मत सदर र ६.५५ प्रतिशत मत बदर भएको थियो। 

प्रतिनिधिसभा निर्वाचनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, मंसिर २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्