Kathmandu Press

राष्ट्रपतिबाट उद्घाटन हुँदै श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय

राष्ट्रपतिबाट उद्घाटन हुँदै श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय

भोजपुर, मंसिर २७ : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृह जिल्ला भोजपुर आउने भएकी छन् । आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उनी भोजपुर आउन लागेकी हुन्। 

शिक्षालयको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्नेलगायत कार्यक्रम रहेको जनाइएको छ । 

Hardik ivf

दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा यहाँ रु ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको छ । उनको जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उहाँको परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएकी छन्।   

यहाँ विद्यालय सञ्चालनको लागि एकाडेमिक भवन, छात्राका लागि होस्टल, प्रिफेव भवनसँगै स्टाफ क्वाटर, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवनलगायत निर्माण भएको साइट इन्जिनियर नारायणप्रसाद अधिकारीले जानकारी दिइन् । राष्ट्रपतिको पहलमा शिक्षालय निर्माण भएपछि स्थानीय उत्साहित छन्।  

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, मंसिर २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्