Kathmandu Press

छिमेकीकाे कुटपिटबाट वृद्धाको मृत्यु

छिमेकीकाे कुटपिटबाट वृद्धाको मृत्यु

सर्लाही, मंसिर २६ : सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ। चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिP.

छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो । पुकार रायको घर परिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी यादवले आरोप लगाइन। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, मंसिर २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्