काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
गएराति सवा १० बजे बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक तारकेश्वर-३ पाँचमानेका २२ वर्षका सविन फुयाँलको ज्यान गएको हो ।
काठमाडौं, मंसिर २६ : काठमाडौंको तारकेश्वर नगरपालिका ३ तीनपिप्लेमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
गएराति सवा १० बजे बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक तारकेश्वर-३ पाँचमानेका २२ वर्षका सविन फुयाँलको ज्यान गएको हो ।
उहाँको राति ११ बजे ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:५३ बजे, सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार