Kathmandu Press

डाउन सिन्ड्रोम बालबालिकालाई निशुल्क स्वास्थ्य शिविर

शनिवार डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसन नेपालले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नयाँबानेश्वरस्थित कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो।
डाउन सिन्ड्रोम बालबालिकालाई निशुल्क स्वास्थ्य शिविर

काठमाडौं, मंसिर २५ : डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दैै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसन नेपालले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नयाँबानेश्वरस्थित कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो।

डाउन सिन्ड्रोम भएका बालबालिकामा विशेषतः आँखा, कान, नाक, घाँटी, बोली  एव शारीरिक रुपमा समस्याहरू हुने भएकाले सम्बन्धित क्षेत्रका ६ जना विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच गराइएको संस्थाकी अध्यक्ष डा. ललिता जोशीले जानकारी दिए।

काठमाडौं र बाहिरका जिल्लाका ३६ जना बालबालिकाहरूले आँखा, श्रवण परीक्षणसहित ईएनटी, डेन्टल, फिजियो, पेशागत र स्पीच थेरापीको मूल्याङ्कन र सुधारका लागि सुझावहरू लिएका थिए । नयाँ आमाबाबुलाई एउटै छानामुनि परामर्श, रेडियोलोजिष्ट डाक्टर, अटिजम भएका डिएसका अभिभावकले आफ्ना अनुभवहरू सुनाएका थिए ।

संस्था स्थापना भएपछि पहिलोपटक काठमाडौँमा निशुल्क शिविर आयोजना गरिएको भएपनि आगामी दिनमा उपत्यका बाहिर समेत यस्ता शिविरहरू आयोजना गर्दै लैजाने सोच रहेको संस्थाकी अध्यक्ष डा. जोशीले बताए।

 

प्रकाशित मिति: २१:०४ बजे, आइतबार, मंसिर २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्