Kathmandu Press

सप्तरीमा हात्तीले पाँचवटा घर भत्कायो

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए।
सप्तरीमा हात्तीले पाँचवटा घर भत्कायो

सप्तारी, मंसिर २५ : सप्तरीको कञ्चनरूपमा जंगली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए।

Hardik ivf

कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए।

एउटा जंगली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पु¥याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

हात्तीगाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका छन् । यस भेगमा सालैपिच्छे हात्तीले आतंक मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतंकलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेको छन् ।

प्रकाशित मिति: १८:५३ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्