स्रोत नखुलेको ३५ लाख नगदसहित दुई जना पक्राउ
प्रहरीले गोकर्णेश्वर नगरपालिका–९ भगवतीथानस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत उक्त परिमाणको रकमसहित दुईजनालाई पक्राउ गरेको हो।
काठमाडौं, मंंसिर २५ : स्रोत नखुलेको ३४ लाख ९७ हजार नगदसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले गोकर्णेश्वर नगरपालिका–९ भगवतीथानस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत उक्त परिमाणको रकमसहित दुईजनालाई पक्राउ गरेको हो।
जितेन्द्र कुमार चौधरीले चलाएको बा९८प २२०९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्की तथा निज जितेन्द्रकुमार चौधरीले साथमा बोकेको झोलामा लुकाईछिपाई राखेको अवस्थामा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए।
अनुसन्धानका विविध विधि र प्रविधिसमेतको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त नगद विश्वकुमार गुरुङको रहेको खुल्न आएकाले उनलाई पनि बौद्धबाट पक्राउ गरिएको एसएसपी बोहराले जानकारी दिए।
प्रकाशित मिति: १७:३७ बजे, आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












