दिगो विकासको यात्रामा बेथानचोक : अध्यक्ष अधिकारी
संस्थाका अध्यक्ष उद्धव प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल दाहालले मन्तव्य राख्नुभएको थियो भने सचिवको प्रतिवेदन सन्तोष घिमिरे र कोषाध्यक्षको प्रतिवेदन मखमलीमाया गोलेले प्रस्तुत गरेका थिए।
च्याम्राङबेंसी, काभ्रेपलाञ्चाेक, मंसिर २५ : बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बेथानचोक गाउँपालिका दिगो विकासको यात्रामा लम्किएको बताएका छन्।
बेथानचोक-१ च्याम्राङबेंसीमा रहेको चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यो आर्थिक वर्षमा गाउँपालिकामा ५ किलाेमिटर पक्की सडक बिस्तार हुने नै छ यसका साथै शिक्षा, स्वास्थ्यका साथै कृषि र पर्यटनका क्षेत्रमा पनि गाउँपालिकाले विकासका नयाँ आयामहरु थप्दै लगेको बताए।

उनले सहकारी नागरिकहरूको स्वतन्त्र गतिविधि भएको र निजी क्षेत्र र कतिपय अवस्थामा राज्यले गर्न नसक्ने कुरालाई सहकारीको माध्यमले नागरिहहरूले सजिलै सम्पन्न गर्ने भएकोले चक्रेश्वर साकोसले पनि च्याम्राङबेंसीको विकासमा नागरिक सहभागिता, छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे।
चक्रेश्वर साकोस ग्रामिण भेगमा सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक साझा संगठन बनेको भन्दै समग्रमा साकोसले समान इच्छा, आकांक्षा भएका व्यक्तिहरूमा आपसी सहयोग तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध गराउने विश्वास व्यक्त गरे। सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रामा लाग्ने हुँदा सञ्चालकले यसलाई अभियान बनाउनुपर्ने उनको सुझाव थियो।

कार्यक्रममा वाग्मती प्रदेश बचत तथा ऋण सहकारी सस्था लि का कार्यकारी अधिकृत केशव दाहाल, बेथानचोक-१ अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिनालगायतले चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिडेको २७औं वार्षिकोत्सवमा शुभकामना मन्तव्य राख्दै संस्थाले ग्रामीण भेगमा पुर्याएको योगदानको प्रशंसा गरे।
संस्थाका अध्यक्ष उद्धव प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल दाहालले मन्तव्य राख्नुभएको थियो भने सचिवको प्रतिवेदन सन्तोष घिमिरे र कोषाध्यक्षको प्रतिवेदन मखमलीमाया गोलेले प्रस्तुत गरेका थिए।
कार्यक्रमममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट शैक्षिक सम्मान तथा ज्येष्ठ सदस्यलाई सम्मान पनि गरिएको थियो। संस्थामा ३ सय ७८ महिला, ३ सय ६ पुरुष १ सय ४० गरी कुल ८ सय २४ जना सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो।

आर्थिक वर्ष २०७८/७९ मा संस्थाको कुल सम्पत्ति ४ करोड १२ लाख ६६ हजार ३ सय ५० रहेको, शेयर पुँजी २८ लाख ९९ हजार रहेकोे यस्तै कुल ऋण लगान ३ करोड १५ लाख २७ हजार ८ सय १२ र कूल निक्षेप संकलन ३ करोड १५ लाख ३३ हजार ३ सय ४९ रुपैयाँ रहेको छ।












-(32)-1764944804.jpeg)