Kathmandu Press

नुवाकाेटकाे दुप्चेश्वर मेला सम्पन्न

नुवाकाेटकाे दुप्चेश्वर मेला सम्पन्न

नुवाकाेट, मंसिर २४ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ। यही मङ्सिर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ आज द्वितीयाको दिन सम्पन्न भएको हो।

दोस्रो पशुपतिनाथका रूपमा परिचित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको दिन विशेषरूपमा मेला लाग्न पुजारी भगवानहरि धितालले बताए। कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष हुन नसकेको मेलामा यसवर्ष १५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । धान्य पूर्णिमामा दिन भने मेलामा पाँच हजारभन्दा बढी भक्तजनको सहभागिता थियो ।

Hardik ivf

करिब चार सय वर्षअघि राउतबेँसीका स्थानीय वासु तामाङको गाई सूर्यमती (तादी) नदी किनार छेउको भिरमा पुगेर बच्चा जन्माई भगवान्लाई दूध चढाएर बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेवको रूपमा पुज्दै आइएको छ ।

‘दुप्चेश्वर क्षेत्र विकास कोष’का संयोजक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्कर थापाले गाईले दूध चढाइ बसेकाले सुरुमा दुधेश्वर महादेवको स्थानसमेत भनिने गरेको र पछिल्लो समयमा अपभ्रंश हुँदै दुप्चेश्वर महादेवको नाम रहन गएको हो ।

समुद्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेवनबाट छट्पटिनुभएका महादेव शिव काठमाडाैंको पशुपतिनाथ मन्दिर हुँदै नुवाकोटको दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड पुगेको किंवदन्तीसमेत छ ।

दुप्चेश्वर मेलाको चिनोका रूपमा बाँस र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नुलगायतका हस्तकलाका सामग्री, पशुचौपायलाई धुवाउन धुपीको लौरोको कारोबार हुने गरेको छ।

प्रकाशित मिति: १९:५३ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्