Kathmandu Press

दक्षिण एशियाली किसान संगठनहरुको गोष्ठी सम्पन्न

दक्षिण एशियाली किसान संगठनहरुको गोष्ठी सम्पन्न

काठमाडाैं, मंसिर २४ : काठमाडौंमा दक्षिण एशियाली किसान संगठनहरुको तीन दिने गोष्ठी सम्पन्न भएको छ ।

ललितपुरको गोदावरी भिलेज रिसोर्टमा यही डिसेम्बर ८–१० सम्म गोष्ठी सञ्चालन भएको थियो। गोष्ठीले खाद्य सम्प्रभुता लागु गरेपछि किसानका समस्या समाधान हुने निश्कर्ष निकालेको छ। सो सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतबाट किसान आन्दोलनका हस्तीहरुले सहभागिता जनाएका थिए।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त गोष्ठीको निश्कर्ष सार्वजनिक गरिएको हो । सो सम्मेलन नेकपा (एस) निकट किसान संगठन अखिल नेपाल किसान महासंघले आयोजना गरेको महासचिव प्रमेश पोखरेलले जानकारी दिए। सम्मेलनमा भारतीय किसान आन्दोलनका हस्ती राकेश टिकेट, नन्जुदा स्वामी, राज्य गौंडा सहभागी थिए भने पाकिस्तानबाट फारुग तारिक, श्रीलंकाबाट अनुका चिन्चटालगायतको टोली र बंगलादेशबाट गुलाम सरोबरको सहभागिता थियो। तीन दिनसम्म चलेको उक्त सम्मेलनमा दक्षिण एशियाका किसानका समस्या समाधानबारे गहन छलफल गरेको थियो।

उनकाअनुसार सम्मेलन भने प्रत्येक दुई/दुई वर्षमा हुने गरेको छ।

प्रकाशित मिति: १९:४७ बजे, शनिबार, मंसिर २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्