Kathmandu Press

कर्णालीमा अनलाइन टिकटको व्यवस्था गर्न माग

दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग गरिएको हो।
कर्णालीमा अनलाइन टिकटको व्यवस्था गर्न माग

सुर्खेत, मंसिर २४ : कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ।

दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग गरिएको हो।

Hardik ivf

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्गमका नागरिकको हवाई यातायातको समस्या सम्बोधनका निम्ति आवश्यक पहलका लागि गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको बताउए।

‘गमगढीसम्म सडक जोडिए पनि भौगोलिक विकटता र जीर्ण सडकले यातायात नियमित र व्यावसायिक हुन सकेको छैन’, उनले भन्नुभयो, ‘यहाँका बिरामी, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित रारा आउने पर्यटकका लागि यातायातको एकमात्र विकल्प हवाई यातायात हो ।’

यसमा अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नाका साथै टिकट लिनका लागि अनावश्यक भिडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उनले बताए।

उनका अनुसार कर्णालीमा सेवारत नेपाल एयरलायन्स, सीता, तारा र समिट एयरलायन्सले हवाई टिकट व्यवस्थित नगर्दा यात्रुले हैरानी खेप्नुपरेको छ।

मुगुलगायत माथिल्लो कर्णालीका सबै जिल्लाका यात्रुको चापको अनुपातमा नियमित हवाई उडान र त्यसका लागि एयरलायन्सको हवाई टिकट वितरण अनलाइन प्रणालीमार्फत हुन सकेमात्र यहाँका नागरिकलाई सहजता मिल्ने प्रमुख जिल्ला अधिकारी महतले बताए।

कर्णालीको हवाई उडानको समस्या सामाधानका लागि पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले गत असोज ३० गते संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत सरोकारवालालाई ध्यानाकर्षणसहित मागपत्र बुझाएको थियो ।

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्