Kathmandu Press

कस्ले कस्ले पाए यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार ?

कस्ले कस्ले पाए यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार ?

काठमाडाैं, मंसिर २३ : नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार यस वर्ष प्राप्त गर्नेको नाम सार्वजनिक भएको छ।

भैरव पुरस्कार गुठी जोरपाटीले आज सार्वजनिक गरेको विवरणानुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि रु एक लाख ११ हजार एक सय ११ रहेको छ । यसैगरी रु एक लाख एक हजार एक सय ११  राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ । रु ५१ हजार एक सय ११ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।

भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुइँटेल सदस्य रहेको समिति गठन गरेको थियो ।
 
आगामी पुस ९ गते शनिबार राजधानीको गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए। गुठीले प्रत्येक वर्ष अर्यालका नाममा स्थापित यी पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, मंसिर २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्