Kathmandu Press

बर्दियामा खाद्यले धान खरिदका लागि लगायो काँटा

बर्दियामा खाद्यले धान खरिदका लागि लगायो काँटा

बर्दिया, मंसिर २३ : राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले आजदेखि किसानको धान खरिद सुरु गरेको छ। खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान खरिदका लागि काँटा लगाएको हो।

बजेट ढिलो निकासा भएकाले खरिद प्रक्रिया लम्बिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरका प्रमुख धर्मराज पन्तले बताए। कम्पनीले यस वर्ष सरकारले मोटो धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मसिनो धान रु तीन हजार एक सय २८ मूल्य तोकेको छ। कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, मंसिर २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्