Kathmandu Press

शिक्षक तथा कर्मचारीलाई तलब दिन कांग्रेसकाे माग

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शिक्षा शाखाले आज (शुक्रबार) एक विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएकाे हाे।
शिक्षक तथा कर्मचारीलाई तलब दिन कांग्रेसकाे माग

बनेपा, मंसिर २३ ः विगत केही महिनादेखि काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी साथीहरुले पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधाहरु रोकिएकोप्रति नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शिक्षा शाखाले आज (शुक्रबार) एक विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएकाे हाे।देशको भविष्यका कर्णधारहरु उत्पादन गराउन आफ्नो जीवन व्यतित गर्ने शिक्षक तथा कर्मचारीहरु नै आफ्नो हक अधिकारबाट बञ्चित रहनुपर्ने अवस्था अत्यन्त दुःखद भएकाे शिक्षा शाखा प्रमुख दीपेन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा काभ्रेका सबै स्थानीय तह, शिक्षा विकास समन्वय इकाइ, काभ्रेपलाञ्चोक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडाैंको समेतको ध्यानाकर्षण गराइएको छ। 

'विगत केही महिना देखि हाल सम्म जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी साथीहरुले पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधाहरु रोकिएको अवस्थामा रहेकाले देशको भविष्यका कर्णधारहरु उत्पादन गराउन आफ्नो जीवन व्यतित गर्ने शिक्षक तथा कर्मचारीहरु नै आफ्नो हक अधिकारबाट बञ्चित रहनुपर्ने अवस्था अत्यन्त दुःखद हो,' विज्ञप्तिमा उल्लेख छ।

यस प्रकारको अवस्था आउनु दुःखद रहेकाे भन्दै खेद प्रकट गरिएकाे छ। यथाशीघ्र समस्याको समाधानका निमित्त स्थानीय तह तथा समन्वयका लागि गरिएकाे अनुरोधलाई बेवास्ता गरी श्रमजीवी शिक्षक कर्मचारीको दैनिकी माथि खेलबाड गरे कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

318422510_1253390481887102_7852479286752946497_n1670587764.jpg

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्