Kathmandu Press

धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै माइतीघरमा धर्ना

मंसिरको अन्तिम हप्तासम्म पनि सरकारी निकायले धान खरिद प्रकृया शुरु नगरेको कारण किसानहरु व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको उनीहरुको गुनासो छ।
धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै माइतीघरमा धर्ना

काठमाडाैं, मंसिर २२ : सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघले माइतीघरमा धर्ना दिएको छ।

कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यसबर्षका लागि धानको समर्थन मुल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोकेपनि कार्यान्वयनमा ढिलाई भएको भन्दै अखिल नेपाल किसान महासंघले शुक्रबार काठमाडौको माइतीघर मण्डलामा धर्ना दिएको हो।

मंसिरको अन्तिम हप्तासम्म पनि सरकारी निकायले धान खरिद प्रकृया शुरु नगरेको कारण किसानहरु व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको उनीहरुको गुनासो छ।

महासंघले मंसिर २५ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा  धर्ना दिदै तालाबन्दी गर्ने जनाएको छ।

निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ।

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्