Kathmandu Press

स्वामित्वको सम्पत्ति उपभोग गर्ने वातावरण बनाइदिन स्काउटकाे माग

नेपाल स्काउटले शुक्रवार पत्रकार सम्मेलन गर्दै आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो।
स्वामित्वको सम्पत्ति उपभोग गर्ने वातावरण बनाइदिन स्काउटकाे माग

काठमाडाैं, मंसिर २३ : नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर्न सरकारसँग माग गरेको छ।

नेपाल स्काउटले शुक्रवार पत्रकार सम्मेलन गर्दै आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो।

Hardik ivf

नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रालि सँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि आफूहरूले पटक–पटक सो जग्गा खाली गर्न भने पनि अटेर गरिएको बताए।

अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरूमाथि पटक–पटक धाकधम्की दिइएको र कार्यालयसमेत तोडफोड गरिएको उहाँले बताए। अध्यक्ष भण्डारीले सत्ता र शक्तिको आडमा अदालतको आदेशलाई अवहेलना गरेर अमुक व्यापारीको पक्षमा प्रहरी टोलीले गुण्डागर्दी शैलीमा आफूहरुको कार्यालयका सुरक्षाकर्मीमाथि हातपात गरी तोडफोड भएको जानकारी दिए।

Nepal Scou afdsvbqrfbrf1670580213.jpg

उनले स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख गर्नुभयो। उहाँले स्काउटको सम्पत्ति कब्जा गर्न खोजिएको भन्दै आफूहरूले कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए। बाइट.....

उहाँले स्काउटमाथि ज्यादती हुँदा र अदालतको समेत अवहेलना हुँदा पनि राज्य गम्भीर नभएको आरोप लगाउनुभयो। स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हक दाबी नहुने फैसला आएको भए पनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ। 

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्