Kathmandu Press

बैतडीमा जिप दुर्घटना,  चालकको मृत्यु

बैतडीमा जिप दुर्घटना,  चालकको मृत्यु
Hardik ivf

बैतडी, मंसिर २३ : बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन्। 

डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । 

चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्