Kathmandu Press

कुहिने फोहरबाट मल बनाउन महानगरले ‘कम्पोष्ट बिन’ उपलब्ध गराउने

महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो। महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। 
कुहिने फोहरबाट मल बनाउन महानगरले ‘कम्पोष्ट बिन’ उपलब्ध गराउने

काठमाडौं, मंसिर २३ : काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान थालेको छ।

महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो। महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। 

महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको जनाएको छ। त्यसका लागि महानगरपालिकाको वातावरण तथा कृषि विभागमा सम्पर्क गर्न भनेको छ। एउटा बिनका लागि १५ सय रुपैयाँ लाग्ने  छ। 

महानगरले कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न महानगरबासीलाई भनेको थियो। तर त्यो अभियान सफल हुन नसकेपछि महानगरले बिन वितरणको अभियान थालेको छ। 

प्रकाशित मिति: ०९:०१ बजे, शुक्रबार, मंसिर २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्