काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस
आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
काठमाडौं, मंसिर २३ : देशका पहाडी भू–भागका थोरै स्थानमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु कुहिरो लागिरहेको छ । घाम लागेपछि उक्त हुस्सु र कुहिरो हट्नेछ ।
देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: ०७:४४ बजे, शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












