Kathmandu Press

अनलाइन पत्रकार संघले मनायो १५ औं स्थापना दिवस

अनलाइन पत्रकार संघले मनायो १५ औं स्थापना दिवस

काठमाडाैं, मंसिर २२ : अनलाइन पत्रकार संघले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ। आज राजधानीमा  ‘निर्वाचनमा के देखियो ? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएकाे हाे।

 कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले अनलाइन पत्रकारिताले सूचनाले जसरी सहज बनाएको छ समाचार लेख्ने पत्रकारहरुलाई थ्रेट पनि बेड रुमसम्मै पुगेको बताएका थिए। उनले भने, ‘गाली गलौज सामान्य हुन थालेको छ पोर्टलमै अनधिकृत रुपमा प्रबेश गरि समाचार नै डिलिट गर्ने काम भएको छ।’केही समय अघि उकेरा डटकममा जसरी समाचार छेडखानी गरियो यो जघन्य अपराध हो । पत्रकार महासंघले यस्ता थ्रेट बिरुद्ध प्राबिधिक टोली सँग समन्वय गरेर काम गरिरहेको उनले बताए।

महासंघका महासचिव रोशन पुरीले  वैशाखमा सम्पन्न भएको स्थानिय निर्वाचनमा उदाएका स्वतन्त्र जनप्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएसँगै अनलाइन पत्रकारितामा थ्रेट बढेको बताए।

Hardik ivf

कार्यक्रममा अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगानाले अनलाइन मिडियाको मुख्य गरेर दुई प्रकारका चुनौतीहरु देखेको बताए। त्यस्तै ढुंगानाले अनलाइनमाथिको आक्रमणलाई सामान्य रुपमा नलिन महासंघ र प्रेस काउन्सीललाई आग्रह समेत गरेका थिए।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रेस काउन्सील बोर्ड सदस्य राम प्रसाद दाहालले इथीकल हिसाबले हेर्दा अनलाइन पत्रकारितामा चुनौती देखिएको बताए।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश एशोसिएटका अध्यक्ष वैकुण्ठ पराजुलीले युट्युबमा आउने कन्टेन्टले समग्र पत्रकारिता बदनाम गरेकाले यसलाई छिटै चिर्नु पर्ने तर्क गरेका थिए।

यस्तै कार्यक्रममा पूर्व अध्यक्ष शिव सत्यालले अनलाइनमा समाचार डिलिट गर्ने नियतबश मिडिया हाउसले पनि गर्न सक्ने भन्दै संघ तथा महासंघले त्यसलाई हेर्ने स्थाइ खारे संरचना बनाउनु पर्नेमा जोड दिए।

संघका अर्का पूर्व अध्यक्ष प्रबेश सुबेदीले निर्वाचन आयोगको केटाकेटी पन देखिएको भन्दै आलोचना गरेका थिए। त्यस्तै उनले प्रेस काउन्सीललाई कसले अनलाइन बन्द गर्ने अधिकार दियो भनेर पनि प्रश्न गरेका थिए।

कार्यक्रममा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले ‘निर्वाचनमा के देखियो ? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना र प्रबिधि’शिर्षकमा विशेष प्रस्तुती गरेका थिए। श्रेष्ठले कसरी पत्रकार नै मिथ्या र भ्रममूलक समाचार शेयर गरे, नेपालमा घटेको घटनामा गुगलबाट तानेर कसरी बेअर्थको फोटो राख्छन् लगायतका बारेमा प्रस्तुती दिएका थिए।
 
त्यस्तै निर्वाचनको बेला निर्वाचन आयोगमा सूचना शाखामा काम गरेका किरण चापागाईंले कसरी निर्वाचन आयोगले मिडियासँग समन्वय गर्यो, नीतिगत रुपमा कसरी मिडियालाई आयोगले प्राथामिकता दियो व्याख्या गरेका थिए।

संघले आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, युरोपियन युनियन र इन्टरनेसनल अलर्टले समन्वय गरेका थिए। कार्यक्रममा आफ्नो विचार राख्दै संस्थाका अध्यक्ष डिल्ली प्रसाद सापकोटाले आगामी दिनमा संघले अनलाइन पत्रकारहरुका हक, हितमा यस्तै कार्यक्रम गर्दै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्