Kathmandu Press

‘हनी हन्टिङ’सहित ‘स्पार्क एड्भेन्चर’ गर्न कलाकारसहितकाे टाेली लमजुङ प्रस्थान

स्थानीय लोक सांस्कृतिक कार्यक्रम, बेसी सहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको कार्यकारी निर्देशन घिमिरेले जानकारी दिए।
‘हनी हन्टिङ’सहित ‘स्पार्क एड्भेन्चर’ गर्न कलाकारसहितकाे टाेली लमजुङ प्रस्थान

काठमाडाैं, मंसिर २२ : मह सिकारको दृश्यावलोकन गर्न बिहीबार कलाकारसहित विभिन्न क्षेत्रका विज्ञहरु लमजुङको भुजुङ गएका छन्।

स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा आयोजना गर्न लागेको हनी हन्टिङसहित ’स्पार्क एड्भेन्चर’ कार्यक्रममा सहभागी हुन महानायक राजेश हमालसहित विपिन कार्की, वर्षा सिवाकोटी, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा, रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की, गायक रामकृष्ण ढकाल, ओलम्पियन दिपक विष्टलगायत दुई सय जना त्यसतर्फ गएको स्पार्क ग्रुपका कार्यकारी निर्देशन रोशन घिमिरेले जानकारी दिए।

Hardik ivf

Spark Adventure_Moment1670492946.jpg

उनले नेपालका धनी वर्गका मानिसहरु नेपालको भ्रमण नगरी विदेश धुम्न जाने परम्परा रहेकाले त्यो परम्परा रोकी नेपालमै घुमाऔँ भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। मंसिर २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा भुजुङ पुगेपछि त्यहाँको होमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीको मह काढ्नका लागि पदयात्रा हुने उनले बताए।

साथै स्थानीय लोक सांस्कृतिक कार्यक्रम, बेसी सहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको कार्यकारी निर्देशन घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: १५:२७ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्