Kathmandu Press

फन पार्कमा भृकुटीको सालिक अनावरण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो सालिक अनावरण गरेकी हुन्। 
फन पार्कमा भृकुटीको सालिक अनावरण

काठमाडौं, मंसिर २२ : काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी फन पार्कमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो सालिक अनावरण गरेकी हुन्। 

'२१औँ शताब्दीमा आएर भृकुटीकोे पहिचानसहितको सालिक बनेको छ। भृकुटीको नाममात्र भएको यस स्थानमा अब उहाँको पहिचानसहितको शालिक बनेको हो,' उनले भनिन्, 'सातौँ शताब्दीमा नेपालको धर्म र संस्कृतिलाई चीनसम्म फैलाउनुहुने राष्ट्रिय विभूति भृकुटीलाई आज यस रुपमा सम्झनु प्रशंसनीय काम हो।'

उनले मण्डप र पार्कमा आउँदा भृकुटी को हुन् भन्ने जिज्ञासा मेट्न शालिक महत्वपूर्ण भएको धारणा व्यक्त गरिन्।

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, मंसिर २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्