सुरक्षा माग गर्दै महिला आयोगमा अधिकारकर्मी जस्मिन ओझाको निवेदन

काठमाडौं, मंसिर २२ : अधिकारकर्मी जस्मिन ओझाले सुरक्षाको माग गर्दै राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन्।
पछिल्लो समय हिंसामा परेकी रामेछापकी विनु यादवको न्यायिक संघर्षमा ऐक्यवद्धता जनाउँदै आएकी ओझाले आफूमाथि सुरक्षा खतरा रहेको भन्दै आयोगमा उजुरी दिएकी हुन् ।
उजुरीमा उनले विनु यादवलाई साथ दिएकै कारण पीडक पक्षले आफूलाई फोन एसएमसएमार्फत डर, त्रास र धम्की दिँदै आएको बताएकी छन् ।
केही दिनअघि बालकोटको सुनसान गल्लीमा हिँडिरहेको अवस्थामा आफूमाथि ढुंगा प्रहार भएको पनि ओझाले उल्लेख गरेकी छन् । यस्तो क्रियाकलापले आफूलाई घरबाहिर हिँड्नसमेत असुरक्षित महसुस भएको ओझाले बताएकी छन् ।
निवेदनमा उनले प्रदीप कठायतबाट आफूलाइ सुरक्षा खतरा रहेको उल्लेख गरेकी छन् । कठायत विनु यादवकी श्रीमान् हुन् ।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












