Kathmandu Press

चाँडो चक्रपथ विस्तार अगाडि बढाउन नेता पौडेलको आग्रह

“चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आमनागरिकलाई समस्या परिरहेको छ, छिटोभन्दा छिटो विस्तारको कामलाई अगाडि बढाउनुपर्छ”, उनले भने । 
चाँडो चक्रपथ विस्तार अगाडि बढाउन नेता पौडेलको आग्रह

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गरेका छन् । 

नेता पौडेलले आज काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका सम्बन्धमा भइरहेको कामका बारेमा जानकारी लिनुका साथै उक्त आयोजनालाई चाँडो अगाडि बढाउन आग्रह गरे । “चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आमनागरिकलाई समस्या परिरहेको छ, छिटोभन्दा छिटो विस्तारको कामलाई अगाडि बढाउनुपर्छ”, उनले भने । 

Hardik ivf

नेता पौडेलले विष्णुमति र सामाखुशी खोलामा वर्षात्का समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक विस्तारका क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्नुपर्ने बताए ।  

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद पौडेलले स्थानीय समस्याको समाधान गर्दै दोस्रो चरणको कलङ्कीदेखि वसुन्धरासम्मको सडक विस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल सुरु गर्न आग्रह गरे । 

प्रकाशित मिति: ०८:०३ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्