Kathmandu Press

लैंगिक हिंसा विरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत ६ नै वडास्तरका कार्यक्रम समापनपछि बुधबार गाउँपालिकास्तरीय वक्तृत्वकला कार्यक्रममा १९ जना महिला तथा किशोरीहरुले सहभागीता जनाएका थिए।
लैंगिक हिंसा विरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता

काभ्रेपलाञ्चोक, मंसिर २१ : काभ्रेपलाञ्चोककाे ढुंखर्क बेथानचोक गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान भन्ने राष्ट्रिय मूल नाराका साथ महिलाहरुका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका जिल्ला समन्वय प्रमुख दीपक गौतमको प्रमुख आथित्यतामा सञ्चालन गरिएको थियो भने गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, ग्रामीण विकास संस्थाका अध्यक्ष गीता शर्मालगायतको आथित्य रहेको थियो।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत ६ नै वडास्तरका कार्यक्रम समापनपछि बुधबार गाउँपालिकास्तरीय वक्तृत्वकला कार्यक्रममा १९ जना महिला तथा किशोरीहरुले सहभागीता जनाएका थिए। प्रतियोगितामा रोमिन वाइबाले प्रथम स्थान, सबिता दाहालले द्वितीय स्थान र रिमा थापाले तृतीय स्थान हासिल गरेका छन्।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक गौतम, गाउँपालिका अध्यक्ष भगवान अधिकारी उपाध्यक्ष तारा राना तिमल्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए। बेथानचोक गाउँपालिकाले वर्षेनी लैंगिक हिंसा विरुद्धको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाइँदै आएको छ।

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, मंसिर २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्