Kathmandu Press

महाकाली नदी अतिक्रमणविरुद्ध विरोध प्रदर्शन

अखिल क्रान्तिकारीले बुधबार लैनचौरस्थित भारतीय दूतावासको कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरेका हुन्।
महाकाली नदी अतिक्रमणविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, मंसिर २१ : भारतीय पक्षले गरेको महाकाली नदीको अतिक्रमणविरुद्ध नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारीले बुधबार लैनचौरस्थित भारतीय दूतावासको कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरेका हुन्। महाकाली नदीको अतिक्रमणसँगै दार्चुलास्थित नेपाली  नागरिकहरुमाथि भएको ज्यादती आफूहरुलाई असह्य भएको भन्दै त्यसको प्रतिकारमा उत्रिएको अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले बताए।

Hardik ivf

उनले सार्वभौम सम्पन्न नेपालमाथि भारतको कुनैपनि हस्तक्षप र बलमिच्याई स्वीकार्य नरहेको चेतावनी दिए। उनले भारतले गरेको अतिक्रमणविरुद्ध नेपाल सरकार जवाफदेही हुनुपर्ने भए पनि मौन रहेको भन्दै आपत्ति जनाए।

अध्यक्ष गजुरेलले भारतीय विस्तारवादका विरुद्ध सरकार चुप बसे जनता आफै लड्ने र देशको रक्षा गर्ने बताए।

सरकारले मंगलबार मात्रै महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीलाई लिएर भारतलाई कूटनीतिक नोट पठाएको छ।

एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमा नदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ। उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले मंगलबार कूटनीतिक नोट पठाएको हो।

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, मंसिर २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्