Kathmandu Press

तारा एयरको कार्गाे जहाजमा चरा ठोक्कियाे

आज (बुधबार) दिउँसो करिब १ बजेतिर हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमाचरा ठोक्किँदा अगाडिको भागमा क्षति भएको तारा एयरले जनाएको छ।
तारा एयरको कार्गाे जहाजमा चरा ठोक्कियाे

सुर्खेत, मंसिर २१ : नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एयरको जहाजमा चरा ठोक्किएको छ।

आज (बुधबार) दिउँसो करिब १ बजेतिर हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमाचरा ठोक्किँदा अगाडिको भागमा क्षति भएको तारा एयरले जनाएको छ।

जहाजलाई सिमकोट विमानस्थल अवतरण गरिएको बताइएको छ। जहाजमा सवार पाइलट, कोपाइलट र एयरहोस्टेज तीनजना मात्र सवार रहेकाे र सबैजना सकुशल रहेकाे जनाइएकाे छ।

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, मंसिर २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्