Kathmandu Press

उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

काठमाडौं, पुस ८ : एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्....

उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

काठमाडौं, पुस ८ : एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसललाई तथा दोस्रो सेमिफाइनलमा आर्मीले भूटानलाई पराजित गरेको हो । एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन। यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गर्नुभयो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले गोल गरिन् ।

दोस्रो सेमिफाइनलमा आर्मीकी पूजा रानाले खेलको १०औँ मिनेटमा पहिलो गोल गरिनखेलको ८४औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गरिन । एपिएफ र आर्मीबीच बुधबार उपाधिका लागि खेल हुनेछ ।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार, सेमिफाइनल पुगेका टोलीले  ५० हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: ०६:४८ बजे, मंगलबार, पुस ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्