Kathmandu Press

निर्वाचन खर्च बुझाउँदै जुम्लाका उम्मेदवार

निर्वाचन खर्च बुझाउँदै जुम्लाका उम्मेदवार

जुम्ला, मंसिर २० : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । एक सङ्घीयसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवारमध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द्र चौलागाईंले जानकारी दिए।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले जानकारी दिए। उनले भने, 'प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले रु १३ लाख तीन सय, डिल्लीप्रसाद काफ्लेले रु चार लाख ३८ हजार, गोमा कुँवर (गौतम)ले रु २१ लाख ९९ हजार, डाक्टर कलबहादुर रोकायाले रु १३ हजार बराबरको निर्वाचन खर्च विवरण बुझाएका छन् ।'

Hardik ivf

प्रदेशसभा (१) तर्फ देवेन्द्रबहादुरी शाहीले रु १० लाख २८ हजार, ललितजङ्ग शाहीले रु आठ लाख ६६ हजार, राजेश्वर देवकोटाले रु एक लाख ८३ हजार पाँच सय निर्वाचन खर्च भएको विवरण बुझाएका छन् । यस्तै प्रदेशसभा (२) तर्फ टेकराज पछाईले रु १० लाख २१ हजार, धनबहादुर बस्नेतले रु दुई लाख ५२ हजार पाँच सय र बिर्खबहादुर रावतले रु एक लाख ६३ हजारको खर्च विवरण बुझाएका छन् ।

प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का उम्मेदवार रतननाथ योगीले खर्च विवरण बुझाएका छैनन् । प्रदेशसभा (१) बाट एमालेका उम्मेदवार धीरेन्द्रराज गिरीले पनि खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै प्रदेशसभा (२) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा समाजवादी पार्टीका नेता पदमबहादुर रोकायाले निर्वाचन खर्च बुझाएका छैनन। पहिलो हुने निर्वाचित प्रणालीतर्फ निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा खर्च विवरण आयोगलाई बुझाउनुपर्ने हुन्छ।

प्रकाशित मिति: १८:१८ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्