नक्कली सई बनेर ठगी गर्ने व्यक्ति प्रक्राउ

काठमाडौं, मंसिर २० : नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ ।
पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।
कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।
कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो । कन्दङवाको साथबाट एक थान मोबाइल, नगद सत्र हजार र को ३२ प ५९८९ नं को मोटरसाइकल समेत बरामद गरिएको प्रनाउ गौतमले जानकारी दिए।
प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












