Kathmandu Press

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं, मंसिर २० : आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । 

आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ ।  

Hardik ivf

यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको कारोबारमा ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय नौ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

आज तीनवटा समूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् । जीवन बीमा समूह शून्य दशमलव ६७, लघुवित्त समूह १२ दशमलव ४० र अन्य समूह आठ दशमलव २८ अङ्कले बढेको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३५ दशमलव ०३ र निर्जीवन बीमा समूहको उपसूचक २७ दशमलव ०५ अकले घटेको छ।

 त्यस्तै, बैंकिङ समूह पाँच दशमलव ३१, विकास बैंक समूह २३ दशमलव ८६, वित्त समूह एक दशमलव २२, होटल समूह तीन दशमलव १३ र जलविद्युत् समूह आठ दशमलव ७७ अङ्कले घटेको छ । व्यापार समूह छ दशमलव ९८ अङ्कले घट्दा म्युचूअल फन्ड शून्य दशमलव १० र लगानी समूह शून्य दशमलव ५२ अङ्कले घटेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता आठ दशमलव १७ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०७ प्रतिशतले घटेको छ। 

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट रु आठ करोड १२ लाख ३४ हजार बराबरको एक लाख ३९ हजार ५०३ कित्ता शेयर किनबेच भएको छ। 

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्