Kathmandu Press

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडाैंस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो।
निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

ताप्लेजुङ, मंसिर २० : ताप्लेजुङमा मंगलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ।

नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडाैंस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो।
 
सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आयोजित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत क्षेत्रका सयौँ आँखाका बिरामी सेवा लिन आएका छन्।
 
बिहीबारसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिनाका साथै चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लाग्ने केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो।

शिविरमा मेची आँखा अस्पतालले  प्राविधिक सहयोग गरेको छ भने लायन्स क्लब अफ काठमाडाँैले निःशुल्क औषधि उपलब्ध गराएको छ।

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्