Kathmandu Press

सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

नक्कली सुकुम्बासीहरूले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न उनीहरूले माग गरेका छन्। त्यसक्रममा उनीहरूले काठमाडाैं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।
सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

काठमाडौं, मंसिर २० : काठमाडौंको थापाथालीस्थित वाग्मती नदीकनारकाे सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ। 

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिकाे अगुवाइमा भएकाे प्रदर्शनका सहभागीहरूले नक्कली सुकुम्बासीहरूले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न उनीहरूले माग गरेका हुन्।

‘सही सुकुम्बासीलाई व्यवस्थापन गरौं, नक्कली सुकुम्बासीलाई हटाउन ऐक्यबद्धता जनाऔं’
भन्दै प्रदर्शनमा उत्रिएका उनीहरूले काठमाडाैं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन्।

सार्वजनिक/सरकारी जग्गा अतिक्रमण गरी आफूखुसी मनलागी, अस्वाभाविक एवं अनियन्त्रित कथित सुकुम्बासीहरुको बसोबासले सँगै रहेको खोलाको प्रदूषण, राजधानीको सौन्दर्य समेतमा प्रतिकूल असर पारिरहेको  ध्यानाकर्षण पत्रमा  उल्लेख छ।

उनीहरूकाे अस्तव्यस्थ बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगती एवं दिउसै खुल्ला रुपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले भयावह रअसुरक्षित वातावरण उत्पन्न भई स्थानीयमा गहिरो मानसिक दबाब उत्पन्न भई अशान्ति फैलिएकाे पनि त्यसमा उल्लेख छ।

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्