Kathmandu Press

सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै

सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै

काठमाडाैं, मंसिर १८ : सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ ।

पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ । अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदास्थलमा उक्त यातायात सञ्चालन गरिनेछ ।

Hardik ivf

पर्यटकले एकपटक टिकट लिएपछि आफ्नो अनुकूलअनुसार सम्पदास्थल घुम्न पाउने र अन्य स्थलमा भ्रमण गर्न थप शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ । पर्यटकको समयको बचत तथा सुविधा उपलब्ध गराउन करिब २८ किलोमिटरको दूरीमा यातायात सुरु गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त यातायात सञ्चालनका लागि सरोकार पक्षसँग आज छलफल गर्दै पर्यटकलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदा क्षेत्र तथा अन्य महत्त्वपूर्ण सम्पदास्थलको भ्रमणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए।

यसअघि विश्वसम्पदा क्षेत्र वसन्तपुरदेखि स्वयम्भूसम्म पर्यटकलाई आकर्षित गर्न करिब दुई किलोसमटरको दूरीमा सम्पदा मार्गको अवधारणा सुरु गरी आवश्यक पूर्वाधार विकास गर्न थालिएको छ।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्