Kathmandu Press

इन्धनकाे मूल्य समायोजन गर्न दबाब दिँदै प्रदर्शन

विद्यार्थीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे थप विरोधका कार्यक्रम तय गर्ने चेतावनी पनि दिए।
इन्धनकाे मूल्य समायोजन गर्न दबाब दिँदै प्रदर्शन

काठमाडाैं, मंसिर १८ : पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दबाब दिँदै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले आयल निगम अगाडि प्रदर्शन गरेका हुन्।

अन्तराष्ट्रिय बजारमा मूल्य घटेर आएपनि नियमले समायोजन नगरेको भन्दै क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । उनीहरुले अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको भन्दै नारावाजी गरेका थिए।

विद्यार्थीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे थप विरोधका कार्यक्रम तय गर्ने चेतावनी पनि दिए।

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्