इन्धनकाे मूल्य समायोजन गर्न दबाब दिँदै प्रदर्शन
विद्यार्थीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे थप विरोधका कार्यक्रम तय गर्ने चेतावनी पनि दिए।
काठमाडाैं, मंसिर १८ : पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दबाब दिँदै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले आयल निगम अगाडि प्रदर्शन गरेका हुन्।
अन्तराष्ट्रिय बजारमा मूल्य घटेर आएपनि नियमले समायोजन नगरेको भन्दै क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । उनीहरुले अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको भन्दै नारावाजी गरेका थिए।
विद्यार्थीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे थप विरोधका कार्यक्रम तय गर्ने चेतावनी पनि दिए।
प्रकाशित मिति: १७:०३ बजे, आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












