Kathmandu Press

बाँकेमा बेपत्ता दुईको शव फेला

बाँकेमा बेपत्ता दुईको शव फेला
Hardik ivf

नेपालगञ्ज, मंसिर १८ : बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ। 

बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए। 

मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्पणा थारु रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्