Kathmandu Press

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

बाँकेकाे राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुर (डाँडा टेपरी) बस्ने २२ वर्षीया कञ्चन थारू र १३ वर्षीया अर्चना थारूको डुबेर मृत्यु भएको हो। 
राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

बाँके, मंसिर १८ : राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु भएको छ।

बाँकेकाे राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुर (डाँडा टेपरी) बस्ने २२ वर्षीया कञ्चन थारू र १३ वर्षीया अर्चना थारूको डुबेर मृत्यु भएको हो। 

उनीहरू बयर टिप्न जाँदा राप्तीमा डुबेर बेपत्ता भएका थिए। शनिबारदेखि बेपत्ता दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका हुन्।

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, मंसिर १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्